Quantcast
Channel: Nepali Music Videos – Fursad Nepal
Viewing all articles
Browse latest Browse all 159

अशिष्मालाई माया गर्ने सुवासको चाहना

$
0
0

प्रकटकुमार शिशिरको शब्दमा गायक राज सिग्देलको आवाजमा रहेको गीत ‘तिमीलाई माया गर्न’को म्युजिक भिडियो सार्वजनिक भएको छ । एल्बम उपस्थितीमा रहेको गीत तिमीलाई माया गर्नको संगीत तथा संगीत संयोजन योगेश काजीले गरेका छन् । गीतको भिडियो निर्देशन दिपेन्द्र लामाले गरेका हुन् । लामाले निर्देशन गरेको चलचित्र ‘घामपानी’ पनि बैशाख १ गतेबाटसार्वजनिक हुँदैछ ।

a

म्युजिक भिडियोमा नायिका आशिष्मा नकर्मी र मोडल सुवास श्रेष्ठले अभिनय गरेका छन् । भिडियोको छायाँकन ज्ञानेन्द्र शर्माले गरेका हुन् भने भिडियोको सम्पादन साहिल खानले गरेका छन् ।एल्बम उपस्थितीमा प्रकटकुमार शिशिरको एकल शब्द तथा गायक राज सिग्देलको एकल स्वर रहेका छ । २ महिनापछि सार्वजनिक हुने एल्बममा ५ वटा गीत रहेको गीतकार प्रकटकुमार शिशिरले बताए ।


Viewing all articles
Browse latest Browse all 159