सञ्चारकर्मी योजना पुरीले तीज गीत सार्वजनिक गरेकी छन् ।तीजको अवसरमा पुरीले ‘यसपालि तीजमा रुन्चे गीत गाउँदिन…’ गीत सार्वजनिक गरेकी हुन् । उनले तीन वर्षदेखि वर्षेनि तीज गीत आउँदै आएकी छन् ।
कृष्ण पौडेलको शब्द रहेको गीतमा गौरव दर्पणले संगीत भरेका छन् । म्यूजिक भिडियोको निर्देशन भने फराज अर्पणले गरेका छन् । म्यूजिक भिडियोमासमेत देखिएकी योजनालाई मनीष थापालगायतले साथ दिएका छन् ।