मोफसल बिराटनगरका चर्चित गायक सेखर बगडियाको आफ्नै शब्द र स्वरमा सजिएको “हुक्का रे” बोलको गीतको भिडियो हाइलाइटस नेपालले यु ट्युबमा रिलिज गरेको छ । चर्चित चलचित्र निर्देशक सुब्रत राज आचार्यले निर्देशन गरेको यस गीतका संगीतकार सोहन मानन्धरको रहेको छ एरेन्जर बिजेश्वर तन्डुकार ले गरेका छन । “हुक्का रे” बोल को यस भिडियोमा कोरियोग्राफी सुनिल छेत्री एवम नेपाली ठिटो समुहको छ भने निशा जोशी, शुस्मा अधिकारी, सौरभ अधिकारी, पवन अग्रवाल एवम नेपाली ठिटो समुहको अभिनय रहेको छ । पप र र्यापमा आधारित यस गीतको भिडियो पश्चिमेली स्टाइलको रहेको र नेपाली गीत संगीतमा बिल्कुल नयाँ प्रयोग गरिएको र युवा पुस्तालाई मध्यनजर गरी बनाइएको रमाइलो भिडियो छ । भिडियोलाई मुर्त रुप दिन छांयाकार अर्जुन तिवारीले अत्यन्त मेहनत गरेका छन भने सम्पादकमा भरत रेग्मीले कुशल सम्पादन गरेका छन ।
मारवाडी समुदायका गायक शेखरको यस अघी “नक्कली मोरी” “गरिमा गरिमा” लगायतका दर्जनौ गीत गाइसकेका छन । केही बर्षअघी नेपाली च्यानलमा बज्ने ” गरिमा गरिमा” बोलको गीत एकताका धेरै चर्चित रहेको थियो । त्यस गीतमा शेखरका अलावा सुगम पोखरेल, नबिन के भट्टराइ, मोहन भुसाल लगायतका चर्चित गायक गयिकाले गयिकाको स्वर रहेको थियो भने कलाकार राजेश हमाल, झरना थापा, सुशिल छेत्री, मह जोडी, बिजय लामा, निरुता सिंह लगायतका दर्जनौ कलाकारले अभिनय गरेका थिए ।
“हुक्का रे ” बोलको गीतको भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नु होला ।