Quantcast
Viewing all articles
Browse latest Browse all 159

नयाँ म्यूजिक भिडियो लिएर रेडियो प्रस्तोता

एक समय रेडियो प्रस्तोता उनको चिनारी थियो । नेपाल छँदा झण्डै ८ वर्ष रेडियोमा बोले । अचेल बेलायत बस्ने प्रमोदराज न्यौपानेलाई मानिसहरु सञ्चारकर्मी भन्दा बढि गायकका रुपमा चिन्छन् । उनी आफ्नो एल्बम ‘मेरो घरको छानो’ मा समावेश ‘रहेसम्म तिमीसंग…’ बोलको एउटा रोमान्टिक पप गीतको भिडियो सार्वजनिक भएपछि यतिखेर अझ चर्चामा छन् ।

Image may be NSFW.
Clik here to view.

लन्डन, समुद्री किनार र बेलायतका ग्रामीण भेगतिर छायांकन गरेर बनाइएको भिडियोबाट सकारात्मक प्रतिक्रिया आएकाले उनी उत्साहित पनि देखिए ।‘बेलायतमा सिमित श्रोत साधन र समयबीच भिडियो निर्माण सहज रहेनछ’, उनले सुनाए, ‘तर अहिले सबैको बधाई र राम्रो प्रतिक्रियाले खुशी छु ।’युरानको शब्द र सागर किनारको संगीत रहेको गीतमा भिडियो बनेको हो जसलाई निर्देशन गरेका छन् लन्डनस्थित कान्तिपुर टिभीकर्मी र भिडियो निर्देशक कुशल श्रेष्ठले । छायाँङ्कन र सम्पादन पनि कुशलकै छ ।

Image may be NSFW.
Clik here to view.

भिडियोमा रोशना कार्की र टंक धमलाले मोडलका रुपमा रोमान्स गरेका छन् ।प्रमोदको ‘मेरो घरको छानो’ एल्बम केहि महिना अघि काठमाडौं र लन्डनमा विमोचन गरिएको थियो जसको शीर्ष गीतको भिडियो निर्देशन कान्तिपुर टिभीका भुषण दाहालले गरेका थिए ।


Viewing all articles
Browse latest Browse all 159

Trending Articles