गायक राजमान तामाङ्ग र मेलिना राईको निकै नै सुमधुर गीत “हल्का हल्का” बोलको गीत केही समय अगाडी मात्र युट्युबमा सार्वजनिक भएको छ । सागर उपाध्यायको शब्द रहेको उक्त गीतमा मिन गुरुङ्गको संगीत रहेको छ भने एरेन्ज उदय राज पौडेलको रहेको छ । धिरज जंग शाहको छायांकन रहेको यस गीतमा सुरज सिंह ठकुरीले निर्देशन गरेका हुन् भने रिमा विश्वकर्मा र निरञ्जन प्रधानको निकै नै राम्रो अभिनय रहेको छ ।
↧