ऋतिक वस्नेतको उमेर १७ वर्षको मात्रै भयो । ११ कक्षामा अध्ययनरत ऋतिकको संगीतमा विषेश रुचि छ । त्यही रुचिलाई उनले १७ वर्षकै उमेरमा एल्बम मार्फत प्रस्तुत गरेका छन । यमवुद्धले सुरु गरेको र्याप जस्तै तर अलि फरक शैलीको आर एण्ड बी गीतप्रति ऋतिकको विषेश रुचि छ ।
वस्नेतले लामो मिहिनेत पछि आफ्नै संगीत र शब्दमा पहिलो एल्बम ‘विस्तारै विस्तारै’ बजारमा ल्याएका छन । म्युजिक भिडियोमा पनि ऋतिक आफैले अभिनय गरेका छन् । उनलाई कुसुम देउजाले साथ दिएकी छिन ।म्युजिक भिडियो प्रति आफ्नो सानैदेखि रुचि भएकोले निकै मिहिनेत गरेर पहिलोे एल्बम बजारमा ल्याएको उनले बताए । एक त सानै उमेर त्यसमा खासै नचिनिएका वस्नेतको भिडियो युटुबमा पनि झण्डै २० हजारले हेरिसकेका छन् ।