हरेक प्रेम जोडीको प्रेमकथा र भोगाइ फरक हुन्छ । अधुरो प्रेमकथालाई सफल बनाउन गरिएको एक जोडीको कथा म्यूजिक भिडियो राखिएको छ । निर्देशक राकेश किरातीले ‘सानुमाया“’बोलको गीत माथी बनाएको म्युजिक भिडियोमा यस्तै कथा छ । भिडियोमा अभिनेत्री केकी अधिकारी र रंग पत्रकार बिशाल राईले अभिनय गरेका छन् ।
भिडियोमा केकी र बिशालको रोमान्टिक लव सिक्वेन्स देख्न सकिन्छ । गायक धन साम्पाङ राईको गीत ‘सानुमाया“’मा साम लिम्बुको शब्द तथा संगीत रहेको छ । भिडियोमा गोदावरीका सौदर्य कैद गरिएको छ ।