किरात धर्मावलम्बीहरुको मुख्य चाड उधौलीको अवसरमा चर्चित गायक राजेशपायल राईको स्वरमा किरात समूदायमा प्रचलित साकेला गीत सार्वजनिक भएको छ। गायनमा राजेशलाई वसन्ती राईले साथ दिएकी छन्।
गीतको भिडियोमा चर्चित हास्यअभिनेता विल्सनविक्रम राई ‘तक्मेबुढा’ र ‘लुट २’ को गीत ‘ठमेल बजार’ बाट एकाएक चर्चामा आएकी एलिसा राईले मुख्य भूमिकामा अभिनय गरेका छन्।
विमल डाँगीको संगीतमा तयार गीतको भिडियो तक्मेबुढा आफैंले गरेका छन्। कमल राईले नृत्य निर्देशन गरेको भिडियो अर्जुन तिवारीले खिचेका हुन्।