Quantcast
Viewing all articles
Browse latest Browse all 159

गायक सुमनको पुनरागमन (भिडियो सहित)

करिब ५० भन्दाबढी गीत गाइसकेका सुमन शेखर मानन्धर एकाएक संगितिक क्षेत्रवाट गायब भए । तत्कालिन समयमा चञ्चल नानी चुल्बुले बानी, सोह्र वर्षे तिम्रो जोबनमा, कान्छीको लजाउने बानी जस्ता गीतहरु निकै चर्चामा रहेका गीतका गायक सुमनका गीत नसुन्ने प्राय कमै थिए । राष्ट्रप्रेमी, आधुनिक, मायाप्रेम र पप गीतका क्षेत्रमा एकै साथ सफलता हासिल गरेका गायकको सांगितिक क्षेत्रमा लामो समयसम्म उपस्थिति नहुनुले संगित प्रेमिहरुलाई कौतुहलता थपेको थियो ।

Image may be NSFW.
Clik here to view.
a

तर गायक सुमन भने संगितवाट टाढा थिएनन् । ४ वर्ष पाकिस्तानमा रहेका वेला उर्दृ भाषामा गित गाएर पाकिस्तानमा समेत रमाएका थिए । यो कुरा बाहिर आएको थिएन । थारु भाषामा गीत गाउँदा सुमनलाई धेरैले चिनेनन् । अष्टे«लियामा पढाईको सिलसिलामा रहँदा थुप्रै कार्यक्रममा भरपुर मनोरन्जन दिएका गायक नेपाल फर्केलगतै व्यस्त जागिरे जीबनका विच पनि वरिष्ठ संगीतकार दिपक जँगमको प्रमुख आतिथ्यतामा एक भब्य बिमोचन समारोह गरी समिप एल्बम सार्वजनिक गरेर संगित जिबन हो र मानिस जुन सुकै क्षेत्रमा काम गरेपनि संगितलाई भुल्न नहुने कुराको नमुना पेश गरेका छन् ।एकल संगीतकार राजू सिंहको संगीतमा सुमनको समिप एल्वममा रहेको बोल्न पनि डराउँछौ भन्ने गितको म्यूजिक भिडियो पनि भरखरै सार्वजनिक भएको छ । बरिष्ठ गीतकार दिनेश अधिकारीको शब्द रचना रहेको आधुनिक शैलीको म्यूजिक भिडियो सामाजिक सञ्जाल युट्युवमा पनि उपलब्ध छ ।

हेर्नुस् भिडियोः


Viewing all articles
Browse latest Browse all 159

Trending Articles