Quantcast
Channel: Nepali Music Videos – Fursad Nepal
Viewing all articles
Browse latest Browse all 159

राजेशपायलको भिडियोमा दिलीप र सुनिक्षा

$
0
0

अमेरिकामा रहेकी गीतकार अम्बिका गुरुङको रचना तथा राजेशपायल राईको स्वरको आधुनिक गीत ‘चमेलीको…’ भिडियो निर्माणस“गै सार्वजनिक भएको छ । गीतलाई संगीतकार प्रकाश लेप्चाले संगीत गरेका हुन् । केही समयअघि सार्वजनिक भएको गीतकार गुरुङका एकल एल्बम‘भावसागर–२’ मा यो गीत समेटिएको छ । अमेरिकामै छायांकन गरिएको यो भिडियोमा अभिनेता दिलीप रायमाझी र मोडल सुनिक्षा मैनालीले अभिनय गरेका छन् ।

a

रोमान्टिक शैलीको यो गीतको भिडियोमा दिलीप र सुनिक्षाले आकर्षक अभिनय तथा नृत्य गरेका छन् । भिडियोमा अञ्जान अधिकारी, अशोक कार्की, बिपुल कार्की, डिनुप बराजुली, सागर खनाल, यक्ष दाहाल, इच्छा पोखरेल, ईशा दाहाल, मनमाया दाहाल आदि कलाकारले पनि अभिनय गरेका छन् । भरत रेग्मीद्वारा सम्पादन गरिएको यो भिडियोलाई अनिशा के क्षत्रीले निर्देशन गरेकी हुन् ।


Viewing all articles
Browse latest Browse all 159

Trending Articles