युवापुस्ताका ढुकढुकी बनेका अहिलेका चर्चित एवम् लोकप्रिय गायक सिएलएस सुनिल श्रेष्ठको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। युवापुस्ता माझ निकै नै प्रिय बनेका पप गायक सुनिलको ‘लजाएर मुस्कुराउने’ गीतको भिडियो हालै मात्र सार्वजनिक भएको हो ।सार्वजनिक गीतमा अहिलेका चर्चित मोडल एवम् कलाकार अदिप श्रेष्ठ र भद्रगोलकी चर्चित पात्र रक्षा श्रेष्ठ फिचरिङ रहेको यस गीतको क्यामेस्ट्री गज्जबको देखिएको छ। हेर्दा निकैनै आकर्षक लाग्ने यस भिडियोमा अदिप र रक्षाले निकै नै खुलेर अभिनय गरेका छन् ।
Image may be NSFW.
Clik here to view.
अल्बिन थापा मगर र सिएलएस सुनिल श्रेष्ठको स्वर रहेयो यस गीतका शब्द तथा रचनाकार पनि सिएलएस सुनिल श्रेष्ठ नै हुन् । यस ‘लजाएर मुस्कुराउने’ बोल गीतलाई प्रकाश नेपालीले संगीत भरेका हुन्। अनिल राना मगरको निर्देशनमा तयार भएको यस म्युजिक भिडियोमा विक्रम कार्कीको छायांकन रहेको छ भने संगीत श्रेष्ठले भिडियोलाई सम्पादन गरेका छन् ।