गौरव पहारी र छुल्ठिम गुरुङद्वारा अभिनित ‘तिर्खा लाग्दा…’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गोविन्दमधुर आचार्यको स्वर रहेको गीतमा बालकलाकारको अभिनय विनयजंग योगीको छ ।पत्नीले पतिलाई दवावमा वैदेशिक रोजगारीका लागि जान गरेको आग्रहलाई नमानेर गाउँमै मिहिनेत गर्ने युवाको कथामा म्युजिक भिडियो बनेको छ । छुल्ठिमको आग्रहलाई नमानेका गौरवले अन्त्यमा गाउँमा मिहिनेत गरेर स्कुल स्थापना गरेर शिक्षाको ज्योति फैलाएको देखाइएको छ ।
बालकलाकारको रुपमा रहेका विनयजंगले पनि छाटो भूमिकामा राम्रो अभिनय गरेको निर्देशक दीपक ओलीले बताए । ‘बालकलाकारको छाटो भूमिका छ’, ओलीले भने ।दुई दिन लगाएर छायाँकन गरिएको यो गीतका रचनाकार यम भण्डारी हुन् । हाइलाइट्सले आफ्नो युट्युब च्यानमार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोले राम्रो रेस्पोन्स पाएको संगीतकार समेत रहेका गायक आचार्यले बताए । ‘हाइलाइट्को युट्युब च्यानलबाट म्युजिक भिडियो मंगलबार सार्वजनिक गरिएको छ’, आचार्यले भने, ‘अहिलेसम्मको भिजिटर हेर्दा राम्रो रेस्पोन्स आएको छ ।’
कमेन्ट र लाइक थुप्रै आएको गायक आचार्यले बताए । ‘म्युजिक भिडियामा आएका सबै कमेन्टहरू रचनात्मक र आगामी दिनलाई हौसला हुने गरेर आएका छन्’, आचार्यले भने, ‘म्युजिक भिडियोको सबै टिम खुसी छौँ ।’काभ्रेपलाञ्चोक जिल्लाका विभिन्नस्थानहरूमा छायाँकन गरिएको म्युजिक भिडियोलाई रविन्द्र अधिकारी छायाँकार हुन् । म्युजिक भिडियो निर्देशक भने दीपक ओली हुन् । ओलीले ठूलो पर्दाका फिल्महरू निर्देशन गरेका युवा निर्देशक हुन् । ओलीलाई सहायक निर्देशकका रुपमा महेश दवाडी र सम्पादन सुरेश राउतले सहयोग गरेका छन् ।