Quantcast
Channel: Nepali Music Videos – Fursad Nepal
Viewing all articles
Browse latest Browse all 159

ठमेल बजारकी एलिसा यस्तो अवतारमा देखिइन्

$
0
0

‘लुट २’ चलचित्रको ठमेल बजार गीतमा आइटम नृत्य गरेपछि चर्चामा छाएकी मोडल एलिसा राई अभिनित गायिका चन्दा देवानको सुमधुर स्वर रहेको गीत ‘रम्दैछ अलि अलि…’को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा एलिसाको फ्ल्यास ब्याकमा बालकलाकार युमी बरालले अभिनय गरेकी छिन् ।

मन नै तरंगित पार्ने किसिमको लयमा गाइएको उक्त गीतको भिडियोको छायांकन नगरकोटस्थित होटल क्लब हिमालयमा गरिएको हो । भिडियोमा एउटी छोरीले आमासंग अभिव्यक्त गरेका भावनालाई नृत्यको माध्यमबाट सजिव ढंगले प्रस्तुत गरिएको छ ।सचिन सिंहको संगीत चेतन बाराकोटीको शब्द रहेको गीतको भिडियोको सञ्चारकर्मी विदुर खतिवडाले निर्देशन गरेका हुन् भने कोरियोग्राफी राजीव समरले गरेका छन् ।


Viewing all articles
Browse latest Browse all 159

Latest Images

Trending Articles



Latest Images