गायन क्षेत्रमा छुट्टै नाम स्थापित गरिसकेकी गायिका चन्दा देवानको नँया गीतको भिडियो सार्वजनिक भएको छ । ‘अलि अलि’ बोल रहेको गीतको भिडियोमा मोडल तथा अभिनेत्री एलिशा राईको जोडदार नृत्य रहेको छ । लोक शैलीमा बनाईएको उक्त गीतको भिडियोमा एलिशाले मज्जाले कम्मर भाँचेकी छिन् ।
एउटी छोरिले आमा सामु राख्न खोजेको भावनालाई गीतमा प्रस्तुत गर्न खोजिएको छ । गीतको भिडियोलाई विदुर खतिवडाले निर्देशन गरेका छन । चेतन बाराकोटीले लेखेको गीतमा सचिन सिंहको संगीत छ भने सुदिप बरालको छायांकन र राजिव समरको कोरियोग्राफी रहेको छ।
उमेरसंगै छोरीमा आएका चाहना र रहरहरुलाइ गीतमा चन्दाले उल्लेख गरेकी छिन् । गीतको छायांकन नगरकोटका मनोरम दृश्यहरुमा गरिएको हो ।