भर्सटाइल गायिका वर्षा कर्माचार्यले केही दिन अगाडि मात्र आफ्नै युट्युव च्यानल मार्फत ‘आकाशको तारा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् ।
संगीतकार हरकुलिश बस्नेतको शब्द तथा संगीतमा समावेश रहेको गीतलाई एरेञ्ज पनि हरकुलिशले नै गरेका छन् ।धिरज अधिकारीको निर्देशन तथा सम्पादनमा बनेको म्युजिक भिडियोमा स्वयम् गायिका वर्षासँगै शिव गुरुङ फिचरिङ छन् । यस म्युजिक भिडियोमा मेकअप र कारियोग्राफी पनि गायिका वर्षाले नै गरेकी छिन् ।
प्रकाश राईको सिनेमाटोग्राफी रहेको म्युजिक भिडियोमा गायिका वर्षाको गायनसंँगै अभिनय रहेको छ ।दुई वर्ष अगाडि विस्तारै विस्तार… गीतको सफततासँगै नयाँ गीतसहित म्युजिक भिडियो ‘आकाशको तारा’ सार्वजनिक गरेकी हुन् ।