‘आई लभ यू…’ गीतले करोड भ्यूअर पाउन लागेका बेला गायक सरोज ओलीले अर्को गीत ‘जता जता पिरतीको बाटो…’ सार्वजनिक गरेका छन् ।आई लभ यूमा पल शाहसहित कलाकार जोडी धुर्मुस–सुन्तलीलाई म्यूजिक भिडियोमा ल्याएका ओलीले ‘जता जता पिरतीको बाटो…’मा दी कार्टुन क्रुजलाई खेलाएका छन्। म्यूजिक भिडियोको सुटिङ पोखरामा गरिएको हो ।
अतिथि पात्रकोरुपमा पल शाह पनि म्यूजिक भिडियोमा देखिन्छन् ।दिनेश थपलियोको शब्द रहेको गीतमा वसन्त सापकोटाको संगीत छ । म्यूजिक भिडियोको निर्देशन सरोज अधिकारीले गरेका छन् ।