Quantcast
Channel: Nepali Music Videos – Fursad Nepal
Viewing all articles
Browse latest Browse all 159

बिनोद ढकालले ल्याए भ्यालेन्टिनो, माला लिम्बु बनिन् ढकालको भ्यालेन्टाइन

$
0
0

पपगायन देखि फिल्मको प्लेब्याकगायन सम्मआफूलाई फराकिलो दायरामा प्रस्तुतगर्दै आएका गायक एवं सगितकार बिनोद ढकाल हट मोडल मालालिम्बुको अगाडी रोमान्टिक बनेका छन् ।बिनोदको आफ्नै शब्द, संगीत र स्वरमा रहेको नयाँडान्सिङ नम्बर भ्यालेन्टिनो को भिडियो युट्युवमार्फत रिलिज गरेका छन् । उकालीमा पनि हजुर मोटर जाँदो रैछ, मर्छु किक्याहो गाँजा तानीतानी, भ्रुमभ्रुम लगायतका सफल गीत पस्किएका बिनोदले यस अघि बाजेले गितार बजाको बज्यै नाच्न लजाको बोलको म्युजिक भिडियो बजारमा ल्याएका थिए । बाजेले गितार बजाको म्युजिक भिडियोले राम्रो सफलता पाएपछि बिनोदले भ्यालेन्टिनो बजारमा ल्याएका हुन् ।

अहिले बजारमा ल्याएको भ्यालेन्टिनोले यस अघिका गीतभन्दा धेरै सफलतापाउने दाबीगर्दै ढकालले आफूले अरु भन्दा फरक स्वादका गीतहरु मात्र बजारमा ल्याउने र यसलाई श्रोता तथा दर्शकले मन पराउने बताए ।२०६१ साल देखि गायन क्षेत्रमा हातहालेका ढकालले निशाना, मोक्ष, लालटिन, किङ, काुन्ठा लगतायतदर्जन बढी फिल्ममा र्याप, पपलगायतका स्वर र संगीत दिइसकेका छन् ।यसपटक बजारमा ल्याएको भ्यालेन्टिनो बोलको गीतमाउनलाइमिना सिंहले फिमेल भोकलमा साथदिएकी छन् । मालालिम्बु र सुनिल श्रेष्ठले अभिनय गरेको म्युजिक भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका छन् । अमृत सुनुवारको छायाँकनमा तयार गीतको भिडियोलाई शुशील न्यौपानेले सम्पादन गरेका छन् । एशियन म्युजिकले बजारमा ल्याएको यो गीत युवा केन्द्रित रहेको छ ।

युट्युबमार्फत सार्वजनिकगरिएको भ्यालेन्टिनोको लिंक यस प्रकार छः


Viewing all articles
Browse latest Browse all 159

Trending Articles