पोखराको रमणीय दृश्य । फेवा तालको बीचमा माझी बिनाको डुङ्गा । अनि त्यहि डुङ्गामा चढेर मोडल सनम कठायत र एलिसा विष्ट के गर्दैछन् त ?हो आखिर के गर्दैछन् त ? यो जिज्ञासा उठ्नु स्वभाविक हो । थुप्रै म्युजिक भिडियोमा खेलेका सनम सँग सञ्चारकर्मी समेत रहेकी एलिसाले एक मन छुने गीतमा सँगै अभिनय गरेका हुन् ।
गायक स्वरुपराज आचार्यको स्वर समावेश उक्त गीतमा यी दुईलाई देख्न सकिन्छ ।तारानाथ आचार्यको शब्द रचना रहेको गीतमा संगीत तेजेन्द्र गुरुङले दिएका छन् । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई निर्देशन भने होमबहादुर घलले गरेका हुन् । मन छुने यो आधुनिक गीतमा सनम र एलिसाको जोडी कतिको सुहायो त ?
हेर्नुहोस् भिडियो :-