संचारकर्मी समेत रहेकी गायिका योजना पुरीले तीजका लागि नयाँ गीत सार्वजनिक गरेकी छन् । कृष्ण पौडेलको शब्द र गौरव दर्पणको संगीतमा उनले नयाँ गीत ‘यसपालिको तीजमा रुन्चे गीत गाउँदिन’ ल्याएकी हुन् ।
गीत भिडियो सहित सार्वजनिक भएको छ । भिडियोलाई फराज अर्पणले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा गायिकाले अनमोल केसी जस्तो केटा आफ्ना लागि चाहिने बताएकी छन् । ‘ए शिबजी’, ‘नाचौन जस्ता’ तीज गीत मार्फत चर्चामा रहेकी योजनाको गीतको अहिले बजारमा राम्रो चर्चा छ । भिडियोमा गायिका पुरी आफै देखिएकी छन् ।