सुगम संगीतका गायक भीम लिम्बु पछिल्लो एकल एल्बम ‘मिम्जिमा’ को शीर्षक गीत ‘हातै काटेर…’ को म्युजिक भिडियो केही दिन पहिले सार्वजनिक भएको हो । रोमान्टिक शैलीको उक्त गीतको म्युजिक भिडियो लोकप्रिय बन्न सफल भएको छ ।भिडियोमा अभिनेत्री प्रियंका कार्कीले अभिनेता निराजन प्रधानसँग अनस्क्रिन रोमान्स गरेकी छिन् । हरि लम्सालद्वारा संगीतबद्ध यो गीतमा सञ्जिव थापाका शब्द रहेको छ ।धुलिखेलको मिराबल रिसोर्टका आकर्षक लोकेशनमा छायांकन गरिएको यो म्युजिक भिडियोको निर्देशन अर्जुन अधिकारीले गरेका हुन् ।
भिडियोमा प्रस्तुत भएका प्रियंका र निराजनको जोडीलाई दर्शकले मन पराउन थालेका छन् भने गायक लिम्बुको स्वरले पनि प्रसंसा पाउन थालेको छ ।भिडियोमा प्रेमि–प्रेमिकाको रुपमा प्रस्तुत भएका प्रियंका र निराजनले गीतको शब्दमा व्यक्त गरिएका प्रेमिल भावनालाई अभिनय मार्फत प्रस्तुत गरेका छन् । हरि हुमागाईंद्वारा छायांकन गरिएको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।