Quantcast
Channel: Nepali Music Videos – Fursad Nepal
Viewing all articles
Browse latest Browse all 159

छाती दुखाईमा सानुको यस्तो पिडा (भिडियो सहित)

$
0
0

वर्तमान अवस्थामा नेपाली संगीत एक प्रकारले धराशयी नै छ । जसको कारणले गर्दा स्थापित स्रष्टाहरु पनि पलायन र विस्थापित बन्न पुगेका छन् यसको दोश कतिपयले विकसित प्रविधिलाई दिने गरेका छन् तर पनि कलाकारिता क्षेत्रमा नयाँ नयाँ प्रतिभाहरुको उदय हुने क्रम रोकिएको छैन । यस्तै साँगीतिक क्षेत्रमा एक नयाँ प्रतिभाको उदय भएको छ । उनी हुन् सानु खतिवडा ।
नेपाली साँगीतिक क्षेत्रमा स्थापित भएर आफ्नो स्वरको जादु छर्दै वर्चस्व कायम गर्ने सोचका साथ पूर्वको पाँचथरबाट काठमाडौं भित्रिएकी नव गायिका सानु खतिवडाको स्वरमा एउटा आधुनिक गीत सार्वजनिक भएको छ । तुलसी बाँस्कोटाको शब्द र सन्तोष दुमीको संगीत रहेको उक्त गीतको बोल छाती किन दुख्यो मेरो कतै तिम्रो मुटु फूट्यो कि रहेको छ ।sanu
गुमाई सकेको आफ्नो मायालु प्रतिको अगाध प्रेमाभाव समेटिएको उक्त गीतको स्टुडियो भिडियो सार्वजनिक भएको छ भने चाँडै नै पुरा म्युजिक भिडियो निर्माण गर्ने गरी कलाकारहरुको चयन भई रहेको बताईएको छ ।
यो सँगसँगै सानु खतिवडाको स्वरमा अन्य गीतहरु पनि रेकर्ड भई रहेको उनको समूह श्रोतले बताएको छ ।


Viewing all articles
Browse latest Browse all 159

Latest Images

Trending Articles



Latest Images