खाडी मुलुक कतारलाई कर्मथलो बनाइरहेका गायक युसुफ खानको ‘तिम्रो नयनमा’ गीतको भिडियो सार्वजनिक भएको छ।कतारमा दर्जनौ कार्यक्रममा आफ्नो प्रस्तुतिमा समेत व्यस्त रहिरहेका गायक खानको यो पहिलो गीत हो। ‘युसुफ’ नामक एल्बममा समेटिएको आधुनिक गीतलाई उनी आफैले लिपिबद्ध गरेका हुन् भने संगीत कल्याण सिहंले दिएका छन्।
Image may be NSFW.
Clik here to view.
गीतलाई संचारकर्मी तथा संचारकर्म संगै म्युजिक भिडियो तथा बिज्ञापन निर्देशनमा आफ्नो पहिचान बनाईसकेका निर्देशक नव ढुंगेलले निर्देशन गरेका हुन्।वैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहेपनि संगीतमा निरन्तर आउने युसुफले बताएका छन्। उनले आफैले थुप्रै गीत लेखिसकेको र अरु गीत पनि चाडै नै बजारमा ल्याउने जानकारी दिएका छन्।