Quantcast
Channel: Nepali Music Videos – Fursad Nepal
Viewing all articles
Browse latest Browse all 159

प्रमोदको ‘लाइदेउन मायाले’ भाइरल बन्दै

$
0
0

गायक प्रमोद खरेलको नयाँ गीतको म्यूजिक भिडियो यतिखेर भाइरल बन्दैछ । हिजो २ बजे मात्र अपलोड गरेको २४ घन्टामा ५४ हजार ५ सय भन्दा माथि दर्शकहरुले हेरेपछि लाइदेउन मायाले बोलको पछिल्लो गीतले पनि प्रमोदलाई चर्चाको शिखरमा थाँती राख्ने विश्वास गरिएको छ । डीपी खनालको शब्द र राजनराज शिवाकोटीको संगीतमा तयार भएको लोक शैलीको यो गीतले नेपाली स्रोताहरुको मन जितिसकेको देखिन्छ ।

pramod-710x1024

अपहरण शैलीमा प्रियंका कार्कीलाई देखाइएको यो म्यूजिक भिडियोमा प्रमोद र प्रियंका मुख्य पात्रका रुपमा प्रस्तुत भएको छ ।यूट्यूब लगायत सामाजिक सञ्जालमा भाइरले बन्दै गरेको यो भिडियोका दर्शकहरुले अन्य गीतहरुजस्तै रुचाउने विश्वास लिइएको गायक खरेलले बताए । प्रमोदका ओइ झुमा, चल बतास चलचल, डुबायो पापी मायाले जस्ता दर्जनौं गीतहरु चर्चाको शिखरमा छन् ।


Viewing all articles
Browse latest Browse all 159

Trending Articles