चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’को नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘दिलको भित्तैमा’ बोलको गीत बिहीबार युटुब मार्फत सार्वजनिक भएको हो । म्युजिक भिडियो भित्र राम्रो कथावस्तु बनाएर प्रस्तुत गर्ने ग्रुपले यस गीतलाई पनि पृथक् शैलीमा प्रस्तुत गरेका छन् ।मिलन विष्टको शब्द रहेको गीतको एरेन्ज अल्मोडा राना उप्रेतीले गरेका छन् । भने अल्मोडा राना उप्रेती , यन्जिला रेग्मी र नवीन रावलको स्वर दिएका छन् ।
कार्टुन्ज क्रुका सरोज अधिकारीको निर्देशनमा निर्माण भएको भिडियोमा सरोज र आश्मा विश्वकर्माको कोरियोग्राफी रहेको छ । भने सुमुहका सदस्य सरोज र रिमाका साथै लाक्पा लामा, राम घले, सुबिन अधिकारी तथा विकास राईको फिचरिङ रहेको छ ।